बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका बिरामीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
अपाङ्गता भएका बिरामीहरुका लागि नाक, कान, घाँटी, आँखा, फिजिसियन, फिजियोथेरापी लगायतका स्वास्थ्य सेवा प्रदान गर्नका लागि बिहीबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, भिजन आँखा अस्पताल नेपालगन्ज र ब्रिनोज कान स्याहार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा पालिकाभित्र रहेका अपाङ्गता भएका बिरामीहरुका लागि ९ नं. वडाको महादेवपुरी स्वास्थ्य चौकी, ढकेरीमा निःशुल्क स्वास्थ्य शिविर राखिएको ९ नं. वडाका सचिव पङ्कज चौधरीले जानकारी दिनुभयो ।
बिहीबार सञ्चालन हुने शिविरमा आउनुहुने सम्पूर्ण अपाङ्गता भएका बिरामीहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य उपचारको सेवा प्रदान गरिने वडासचिव चौधरीले बताउनुभयो ।
गाउँपालिकाले सम्बन्धित सरोकारवालासँगको समन्वयमा पालिकाका विभिन्न ठाउँमा विभिन्न प्रकारका रोगी बिरामीका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके