एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएकाे छ । आज मङ्गलवार भएकाे खेलमा भारतले नेपाललाई १० विकेटले हरायाे ।
नेपालले दिएकाे ५३ रनकाे झिनाे लक्ष्य भारतले ७ ओभर १ बलमा १ विकेट पनि नगुमाई भेटायाे । भारतका आर्शिन कुलकर्णीले ४३ र आदर्श सिंहले १३ रन बनाए ।
यसअघि दुबईकाे आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपाल २२ ओभर १ बलमा ५२ रनमा अलआउट भयाे । नेपालका हेमन्त धामीले सर्वाधिक ८ रन बनाए ।
यस्तै अर्जुन कुमाल र दिपक बाेहरा समान ७, गुल्शन झा र दिपेश कँडेल समान ४, कप्तान देव खनाल र सुवाश भण्डारी समान २, दीपक बाेहरा १ तथा उत्तम मगर र दीपक डुम्रे शून्य रनमा आउट भए । यस्तै आकाश चन्द ४ रनमा नट आउट रहे । नेपालले १३ रन अतिरिक्त पाएकाे थियाे ।
बलिङतर्फ भारतका राज लिम्बानीले ७ विकेट लिए । उनले ९ ओभर १ बलमा ३ मेडनसहित मात्र १३ रन दिए । यस्तै आराध्य शुक्लाले २ आर्शिन कुलकर्णीले १ विकेट लिए ।
लगातार तेस्राे हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएकाे छ । नेपाल पहिलाे खेलमा पाकिस्तानसँग ७ विकेटले र दाेस्राे खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएकाे थियाे ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ