२०८३ भदौ २८ , आइतबार 13, September 2026, Sunday

आईपीएल २०२४ को लिलामीका लागि ३ सय ३३ जना खेलाडीको सूची सार्वजनिक (सूचीसहित)

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को लिलामी प्रक्रियाका लागि ३ सय ३३ जना खेलाडीको सूची सार्वजनिक गरिएको छ । आईपीएल २०२४ लागि डिसेम्बर १९ मा दुबईमा खेलाडीहरुको लिलामी हुँदैछ ।

प्रारम्भिक १ हजार १६६ जना खेलाडीको सूचीबाट ३ सय ३३ जना खेलाडीलाई सर्टलिस्टमा राखिएको हो । यो सूचीमा २१४ जना खेलाडी भारतबाट रहेका छन् भने ११९ जना विदेशी खेलाडी छन् । यसमा २३ जना खेलाडी सबैभन्दा बढी २ करोड भारुको प्रारम्भिक मूल्यमा सूचीकृत रहेका छन् ।

एसोसिएट राष्ट्रबाट नेदरल्याण्ड्सका तीव्र गतिका बलर पाउल भान मेकरेन र नामिबियाका अलराउन्डर डेभिड विसे मात्र रहेका छन् । आईपीएलका टोलीहरूसँग ७७ जना खेलाडी किन्ने ठाउँ बाँकी छ जसमध्ये विदेशी खेलाडीका लागि मात्र ३० स्थान खाली रहेको छ ।

आईपीएलका टोलीहरूमध्ये गुजरात टाइटन्ससँग खेलाडी खरिद गर्नका लागि सबैभन्दा बढी ३८.१५ करोड भारतीय रुपैयाँ रहेको छ भने दोस्रो स्थानमा सनराइजर्स हैदराबादसँग ३४ करोड तथा कोलकाता नाइट राइडर्ससँग ३२.७ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०८० मंसिर २६ गते मंगलबार