युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकासँग थप सैन्य सहयोगका लागि आग्रह गरेका छन् ।
अमेरिकाभित्र राजनीतिक विवादका कारण दशौं लाख डलरको सहायता प्याकेज अमेरिकी संसदमा अल्झिरहेका बेला जेलेन्स्कीले अमेरिका समक्ष थप सहयोगका लागि विशेष आग्रह गर्नुभएको हो ।
अमेरिका भ्रमणका क्रममा अमेरिकी सैन्य अधिकारीहरुलाई सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन आफ्नो स्वतन्त्रता रक्षाका लागि मात्रै नभइ विश्वको प्रजातन्त्र बचाउन युद्ध लडिरहेको जिकीर गर्नुभयो ।
क्यापिटोल हिल (अमेरिकी संसद) मा सहायता प्याकेज सम्बन्धि विधेयक अल्झिने हो भने त्यसले भ्लादिमिर पुटिन र उनको रोगी समूहलाई मात्रै फाइदा गर्ने उहाँको भनाइ थियो ।
रुसले युक्रेनमा आक्रमण गरेपछि तेस्रो पटक वासिङ्टन पुग्नु भएका जेलेन्स्कीले आज राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बाइडेनसँग पनि उहाँले यसैगरी आग्रह गर्ने अनुमान गरिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ