हिजो बिहानैदेखि शुरु भएको हिमपातका कारण चीनको पूर्वी क्षेत्र शानडोङ प्रान्तको राजधानी जिनानमा बालबालिकाहरुलाई अनलाइन माध्यमबाट पढाउन थालिएको छ ।
हिमपातसँगै हावाहुरी चल्न थालेपछि प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइनमार्फत सञ्चालन गरिएको हो । जिनानको शिक्षा विभागले अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन जारी गर्दै विद्यालयको पठनपाठन अवरुद्ध हुन नहुने जनाएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।
विद्यार्थीहरूलाई सुरक्षित पठनपाठनका लागि शिक्षकहरूलाई तालिम दिँदै विद्यालयको खेल मैदानमा हिउँ हटाउन समन्वय भइरहेको पनि विभागले जनाएको छ । हिमपातका कारण जिनानको जनजीवन प्रभावित भएको छ । यसैबीच, चीनको राजधानी बेइजिङमा पनि हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।
हिजो बिहानदेखि यातायात अवरुद्ध भएको छ । सडकहरुमा बाक्लो हिउँ जमेको छ । प्रतिकूल मौसमका कारण केही हवाई उडान स्थगित भएको रोयटर्सले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ