जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई तत्काल चिसोबाट जोगाउने व्यवस्था मिलाउन राष्ट्रिय मानव अधिकार आयोगले कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ ।
त्रिपालमुनि बसेका ४३ जनाको मृत्यु भइसकेको बताउँदै जाजरकोट र रुकुम पश्चिम पुगेर फकिनु भएका आयोगका सदस्य मिहिर ठाकुरले यस्तो आग्रह गर्नु भएको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीसँग कुरा गर्दै उहाँले तत्काल चिसोबाट जोगाउन नसकिए त्रिपालमुनि बसेकाहरुको अझ धेरै ज्यान जानसक्ने बताउनु भयो ।
त्रिपालमुनि बसिरहेका दीर्घरोगी, सुत्केरी, गर्भवती, महिला, वृद्धवृद्धा तथा बिरामीलाई दाउरा, न्यानो कपडा, औषधिको आवश्यक देखिएको ठाकुरले जानकारी दिनुभयो । जाजरकोट जिल्ला अस्पतालमा आवश्यक जनशक्ति र औषधिको पनि अभाव रहेको उहाले बताउनु भयो ।
केही पालिकामा अझै सरकारले घोषणा गरेको अस्थायी घर बनाउनका लागि पहिलो किस्ताको रकम पनि नपुगेको भन्दै यसतर्फ गम्भीर हुन पनि उहाँको आग्रह छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुर्खेत