सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षित आप्रवासनद्वारा नेपालगन्जको वडा नम्बर १ मा अनुगमन

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बाँके नेपालगन्जको वडा नम्बर १ मा अनुगमन गरेको छ ।

वित्तीय साक्षरता कक्षा, मनाेसामाजिक परामर्श सेवा र आप्रवासी स्राेत केन्द्रको अनुगमन तथा मूल्यांकन गरिएको हो ।

उपप्रमुख कमरुद्दिन राई, कार्यपालिका सदस्य वसन्त कनोजिया, शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा लगायतले अनुगमन गरेको कार्यक्रम संयोजक कमलसिंह नेपालीले बताए ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ ।

नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ । सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ ।

यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार १७:०१

लोकप्रिय