‘अमेरिकामा ब्रेक फास्ट गरौंला’ बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । युट्युब च्यानल twelve notes मार्फत उक्त भिडियो सावर्जनीक भएको हो ।
हरि लम्सालको संगीत तथा प्रचण्डबाबू राई र अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको बहुप्रतिक्षित उक्त गीतको म्युजिक भिडियो शुक्रवार साँझ सार्वजनिक गरिएको हो ।
सञ्चारकर्मी एवं सुपरिचित साहित्यकार रामगोपाल आशुतोषको शब्दमा उनिएको ‘अमेरिकामा ब्रेक फास्ट गरौंला’ बोलको गीतमा म्युजिक भिडियो बनेको छ ।
युट्युब च्यानल twelve notes मार्फत सार्वजनिक भएको भिडियोमा कविता नेपाली र सुरेश देवलको आकर्षक अभिनय रहेको छ । यसको निर्देशन रोशन के श्रेष्ठले गरेका छन् ।
प्रकाशित मिति : २०८० मंसिर २५ गते सोमबार
सत्यपाटी