२०८३ भदौ २६ , शुक्रबार 12, September 2026, Saturday

प्रभासको ‘सालार’ मा नेपाली चेली मेनुकालाई पार्श्व गायनको मौका

प्रभास स्टारर बहुप्रतिक्षित भारतीय फिल्म ‘सालार’ मा मेनुका पौडेलले गीत गाउने अवसर पाएकी छिन्।

भारतीय रियालिटी शो ‘इण्डियन आइडल’ मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुकाले पार्श्व गायनको अवसर पाएकी हुन्

आइतबार राती प्रसारण भएको इण्डियन आइडलको एपिसोडमा मेनुकाले सालारमा गीत गाएकोबारे जानकारी दिएकी हुन्। फिल्ममा उनले संगीतकार रवि बसरुरको संगीतमा स्वर भर्नेछिन्।

‘यो मेरो पहिलो टर्निङ प्वाइन्ट हो।  जहाँ म पहिलो प्लेब्याक गायनका पहिलो गीत गाइरहेकि छु। मेरो तर्फबाट निकै राम्रोसँग गाउनेछु,’उनले भनेकी छन्।

उक्त एपिसोडमा मेनुकाले सालारका लागि स्टुडियो पुगेर गीत गाउन लागेको भिडियो समेत देखाइएको छ। यो खबर सुनेपछी सबै जजहरुले उठेर सम्मान र खुसी व्यक्त गरेका थिए।

जज श्रेया घोषालले केजीएफ निर्माण कम्पनीको नयाँ फिल्म सालार र अब्बल सङ्गीतकार रवि बसरुरको गीत गाउन पाउनु ठूलो कुरा रहेको मेनुकाको भनाइ छ।

प्रकाशित मिति : २०८० मंसिर २५ गते सोमबार