काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ ।
केही दिनदेखि देशका धेरै ठाउँमा हुस्सु कुहिरो लाग्न थालेको छ । मौसम पूरै सफा हुन सकेको छैन ।
पश्चिमी वायुसँगै न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली हुँदै आइरहेको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार अझै केही दिनको मौसम यस्तै रहने अनुमान छ ।
पहाडी क्षेत्रमा दिउँसो घाम लागे पनि फेरि बादल लाग्ने क्रम चलिरहेको छ । यस्तै, तराईका जिल्लामा ढिलोगरी मात्रै कुहिरो हट्ने गरेको छ । यसले गर्दा तराईको जनजीवन प्रभावित हुन थालेको छ ।
आज पनि तराईमा बाक्लो कुहिरो लागेको छ । दिउँसो पछि मात्रै कुहिरो हट्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पहाडी क्षेत्रमा भने केहीबेरपछि कुहिरो हटेर घाम लाग्ने अनुमान छ ।
यस्तै, आज पनि उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको अनुमान गरिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ