सूचनाको शक्ति - The Power Of Information

        

उडिरहेको जहाजबाट आपतकालीन ढोकाको सिसा खसेपछि…

तारा एयरको जहाज उडानकै क्रममा आपतकालीन ढोकाको सिसा खसेको छ । काठमाडौंबाट लुक्लातर्फ उडेको तारा एयरको नाइनएन एएलओ कलसाइनको जहाज उडिरहेका बेला जहाजको इमरजेन्सी ढोकामा रहेको सिसा खसेको हो ।

तारा एयरको उक्त जहाजले बिहान लुक्लातर्फ उडान भरेको थियो । जहाज उडानकै क्रममा आकाशबाटै ढोकाको सिसा खसेको हो । अहिले खोज्ने क्रम जारी रहेको छ । तर जहाज सकुसल नै लुक्लामा अवतरण गरिएको छ । जहाज क्याप्टेन अमृत गुरुङको कमाण्डमा उठेको थियो । जहाजमा ११ सय २६ केजी सामान थिए ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतवार १२:१३

लोकप्रिय