अभिनेत्री रेखा थापा यतिबेला अमेरिकामा छिन् ।
गत बुधवार राति अमेरिकातर्फ प्रस्थान गरेकी रेखा शुक्रवार उता पुगेर हिउँसंग रमाउन भ्याइसकेकी छिन् । रेखाले शनिवार राति श्रीमान् बलराम शाहीसंग हिउँमा रमाइरहेका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।
आफ्नो पछिल्लो फिल्म ‘उपहार’ को प्रदर्शनको संघारमा रेखा किन अमेरिका गइन् भन्ने विषयको चर्चा चलिरहेको छ । वास्तवमा उनी आफ्नो पहिलो सन्तानलाई अमेरिकी स्टाटस प्रदान गर्न अमेरिका पुगेकी हुन् । रेखाले आफ्नो पहिलो सन्तान अमेरिकामै जन्माउँदै छिन् ।
अमेरिका पुगेर शनिवार बिहान श्रीमानको जन्मदिनसमेत मनाएकी रेखाले श्रीमानको चाहना अनुसार अमेरिकामा पहिलो सन्तान जन्माउन चाहेकी हुन् ।
भनिन्छ, रेखाका श्रीमानको परिवार अमेरिकामै बसोबास गर्छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ