२०८३ भदौ २६ , शुक्रबार 12, September 2026, Saturday

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ।

जिल्ला अदालत काठमाडौंले पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो।

सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फैसला गर्न आदेश दिएकोमा पटक पटक सर्दै आएको पेसी आजका लागि पुनः तोकिएको हो।

जिल्ला अदालत काठमाडौंले विभिन्न प्रमाणित कागजात माग गर्दै आएकोमा यसअघि कात्तिक २३ गते अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले मङ्सिर २२ गतेसम्म बहस नोट माग्न आदेश गरेका थिए।

अदालतको आदेश बमोजिम दुवै पक्षका कानुन व्यवसायीले हिजो लिखित रूपमा बहस नोट बुझाइ सकेका छन्। गत कात्तिक २३ गते दुवै पक्षलाई मङ्सिर २२ गतेभित्र बहस नोट बुझाउन आदेश भएको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

प्रकाशित मिति : २०८० मंसिर २४ गते आइतबार