सूचनाको शक्ति - The Power Of Information

        

गाजामा खाद्यान्नको चर्को अभाव, भोकमरी बढ्ने सम्भावना

संयुक्त राष्ट्रसंघले इजरायल र हमास युद्धका बीच गाजाका आधा जनसंख्या भोकमरीको शिकार हुने चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघका खाद्य कार्यक्रमका उपनिर्देशक कार्ल स्काउका अनुसार गाजामा आवश्यक खाद्यान्न आपूर्तिमा बाधा पुग्दा हरेक १० मध्ये ९ जना भोकभोकै बस्न बाध्य भएको भन्दै निकट भविष्यमा आधा जनसंख्या भोकमरीको शिकार हुने चेतावनी दिनुभएको हो ।

इजरायलले गाजापट्टीमा जारी राखेको स्थलगत र हवाइ हमलाको मारमा परेका जनता भोकभाकै बस्न बाध्य छन् । यता इजरायली डिफेन्स फोर्सका प्रवक्ता जिचर्ड हेचले गाजाका नागरिकको मृत्यु र पीडा अनुमान गर्न सकेतापनि आफुहरुसंग अन्य विकल्प नभएको जनाएका छन् ।

इजरायल र गाजाबीचको सात दिने युद्धविरामका क्रममा गाजापट्टीमा आवश्यक खाद्यान्न आपूर्र्ति गर्न दिने सहमति भएपनि पर्याप्त मात्रामा खाद्यान्न नपुग्दा त्यहाँका जनता खाद्यान्नको अभाव झेल्न बाध्य भएका हुन् ।

गाजापट्टीका सर्वसाधारणलाई थातथलो छोड्न इजरायलले बारम्बार आग्रह गरेपनि गाजाका जनता कता जाने भन्ने अन्यौलमा छन् । यता इजिप्टको सिमानामा रहेको रफाह क्रसिङ खुला गरिएपछि सयौं नागरिक त्यसतर्फ लागेको छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतवार ०७:५५

लोकप्रिय