नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । लिगमा आज दुवै टोलीले पाँचौँ खेल खेल्दैछन् ।
आजको खेलमा ललितपुर र चितवन दोस्रो जितको खोजीमा हुनेछन् । यसअघिका चार खेलमा एकमा जित र तीनमा बराबरी गरेको ललितपुर ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।
यस्तै, एकमा जित दुईमा बराबरी र एकमा हार बेहोरेको चितवन ५ अङ्कसहित पाँचौँ स्थानमा छ ।
पहिलो स्थानमा रहेको धनगढीको ८ अङ्क हुँदा दोस्रो स्थानको पोखराको पनि ८ अङ्क नै छ । पोखरा गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ