जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
विभागकाअनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेकाे छ । तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भागको मौसम सफा रहने छ ।
देशको तापक्रममा क्रमशः गिरावट हुँदै गएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।
सूर्योदय आज बिहान ६ बजेर ४३ मिनेट र सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ