सूचनाको शक्ति - The Power Of Information

        

१३ अंकसँग किन डराउँछन् मान्छेहरु ?

मानिसहरु १३ अंकलाई अशुभ मान्छन् । तर यसको पछाडिको कारण सायद धेरैलाई थाहा छैन होला । तपाईंलाई यसको कारण थाहा छ ? खासगरी पश्चिमा देशहरुमा १३ अंकप्रतिको विकर्षण अचम्मकै छ ।

धेरै मानिसहरु १३ अंकसँग डराउँछन्, यसको प्रयोगबाट बच्दछन् । पश्चिमा सभ्यतामा १३ अंकलाई अशुभ मान्नुको विशेष कारण छ । उनीहरु महिनाको १३ तारेखलाई अशुभ यसकारण मान्दछन् कि क्रिस्चियन धर्मअनुसार १३ तारेखकै दिन यशु ख्रिस्टमाथि एकजना व्यक्तिले विश्वासघात गरेका थिए ।

रात्रिभोजका क्रममा विश्वासघात गरेको त्यो व्यक्ति १३ नम्बरकै कुर्सीमा बसेको थियो अरे । त्यसैले होला मान्छेहरु १३ अंकलाई दुर्भाग्यपूर्ण सम्भिन्छन् । मनोवैज्ञानिकहरुका अनुसार १३ अंकप्रतिको मानिसहरुको डरलाई ट्राइस्काइडेकाफोबिया अर्थात् थर्टिन डिजिज फोबिया भनिन्छ ।

यदि युरोप, अमेरिका तिर घुमिफर गर्दा तपाईंले कुनै होटलमा १३ नम्बरको कोठा अर्थात् कुनै भवनमा १३ औँ तला देख्नुभएन भने अचम्म नमान्नु होला । साथै कुनै रेष्टुरेन्टमा १३ नम्बरको टेबल वा कुर्सी देखिएन भने पनि अनौठो नमाने हुन्छ । फ्रान्समा त खानाको मेसमा ठ्याक्कै १३ वटा कुर्सी नै राखिँदैन ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार १६:२०

लोकप्रिय