२०८३ भदौ २६ , शुक्रबार 12, September 2026, Saturday

जाडोमा बिहान उठ्न गाह्रो हुन्छ ? खानुहोस् यी ‘सुपरफूड’

जाडोको मौसममा कतिपय मानिसलाई सीजनल इफेक्टिव डिसअर्डर नामक समस्याको सामना गर्नुपर्ने हुन्छ । यस्तो समस्या हुँदा व्यक्तिको ऊर्जा एकदमै कम हुन्छ र मनोबल पनि एकदमै कम हुन्छ ।

साथमा चिसो मौसममा मानिसलाई धेरै नै अल्छीपना पनि आउने गर्छ र बाहिर जाने हिँडडुल गर्ने घरमा काम गर्ने कुनै कुरामा जाँगर चल्दैन । यस मौसममा एउटा स्वस्थ खानपान अपनाएर यस्तो समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

यी चिजहरुमा भिटामिन, मिनरल्स तथा एन्टीअक्सीडेन्ट्स गुण भरपपूर मात्रामा पाइन्छ । यदि तपाईं पनि चिसो मौसममा थकान, अल्छीपना र कम ऊर्जा भएको महसुस गर्नुभएको छ भने यी सुपरफूड्स खानपानमा समावेश गराउनुहोस् ।

बेरीज – एन्टीअक्सीडेन्ट तथा भिटामिनले भरपूर, ब्लुबेरी, स्ट्रबेरी आदि बेरीजले रगतको बहावमा सुधार ल्याउँछ र दिमागको कार्यक्षमतालाई बढाउँछ । जसले गर्दा शरीरमा ऊर्जाको स्तर पनि बढ्दै जान्छ ।

पालक – आइरनले भरपूर, पालकले सम्पूर्ण शरीरमा अक्सीजन पु¥याउने काम गर्छ र मेटाबोलिज्ममा सुधार ल्याउँछ । यसले गर्दा थकानबाट राहत पाउन सकिन्छ ।

किनोआ – यसमा प्रोटीनको मात्रा एकदमै धेरै हुन्छ जसले तपाईं सम्पूर्ण दिन ऊर्जावान रहनुहुन्छ । त्यसैले बिहानको नास्ता वा खानामा किनोआलाई समावेश गराउनुहोस् ।

चिया सीड्स – ओमेगा–३ फ्याटी एसिड, फाइबर र प्रोटिनले भरपूर चिया सीड्सले तपाईंलाई भित्रैदेखि बलियो बनाउँछ र शरीरमा ब्लड सुगरलाई नियन्त्रित राख्दछ । जसले गर्दा तपाईंको ऊर्जा कम हुँदैन ।

दही – प्रोटिन तथा क्याल्सियमले भरपूर दहीले रगतमा चिनीको मात्रालाई पनि नियन्त्रित राख्छ र पाचनलाई बढावा दिन्छ जसले गर्दा शरीरमा ऊर्जा प्राप्त हुन्छ ।

शखरखण्ड – यसलाई गन्जी पनि भन्ने गरिन्छ । यसमा फाइबर र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । यो खानाले शरीरमा भएको ऊर्जा एकैपटक रिलीज नभएर सुस्तसुस्त हुन्छ । जसले गर्दा तपाईंलाई पेट भरिएको महसुस भइरहन्छ र अल्छीपना हराउँछ ।

बदाम – बदाममा म्याग्नेशियम र स्वस्थ फ्याट भरपूर मात्रामा हुन्छ । यो खानाले शरीरलाई ऊर्जा प्राप्त हुन्छ र थकान कम हुन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८० मंसिर २३ गते शनिबार