सूचनाको शक्ति - The Power Of Information

        

बाटोमा बच्चा जन्माउँदै बाजुराका आमाहरू

बाजुराको बुढिनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ वर्षीय पानसरा रोकायाले तेस्रो सन्तानका रूपमा बाटोमै छोरीको जन्म दिएकी छिन् । यसअघिका दुइवटा सन्तान पनि उनले काम गर्न गएको बेला बाटो र जंगलमा जन्माएकी थिइन् ।

सुत्केरी व्यथा लाग्ने बित्तिकै पानसरा एक्लै मंगलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु गइन् । जाँदै गर्दा बाटोमा छोरी जन्माएकी स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले बताइन् । पानसरालाई अत्यधिक रक्तस्राव भएको थियो । बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगिएको थियो ।

उनीसँग अरू कोही आफन्त नरहेको एक्लै स्वास्थ्य चौकी आउँदै गर्दा बाटोमा बच्चा जन्माएको स्वास्थ्यकर्मीले बताएका छन् । बाजुरामा पानसरी मात्र नभई धेरै आमा बाटोमा बच्चा जन्माउने गरेका छन् । केही महिना पहिला काँडा निवासी ३२ वर्षीय उज्जलीले सुनार बाटोमै छोरी जन्माएकी थिइन् ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार ०९:४४

लोकप्रिय