उमेर १६ वर्ष । किशोरीको पनि एउटै उमेर, एउटै कक्षा । आफ्नै साथीले नक्कली फेसबुक आइडी बनाएर नक्कली अश्लील भिडियो बनाउन थाले । बेलाबेलामा किशोरीको फोटो र भिडियो पठाएर फेसबुकमा पोस्ट गर्ने धम्की पनि दिए ।
पोखरा २७ बस्ने किशोरले फेक आइडीबाट गरेको हर्कतको उजुरी प्रहरीसम्म पुग्यो । प्रहरीले अनुसन्धान गर्दै गयो, अन्ततः किशोर पक्राउ परे । उनले किशोरीको तस्वीर र भिडियो उनका आफन्तलाई पठाइदिने भन्दै ब्ल्याकमेल गरेका थिए ।
बेइज्जत गरिदिन्छु भनेपछि मानसिक यातना बढ्यो । किशोरीले परिवारलाई जानकारी गराएपछि घटना प्रहरी कार्यालयसम्म पुग्यो । प्रहरीले दुई थान मोबाइलसहित किशोरलाई पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन कसुर अन्तर्गत साइवर अपराध मुद्दामा उनलाई जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
प्रकाशित मिति : २०८० मंसिर २३ गते शनिबार
