२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

नागढुङ्गामा दुई किलो अवैध सुनसहित तीन जना पक्राउ

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर २२ गते शुक्रबार

काठमाण्डौको नागढुङ्गामा गाडीमा लुकाएर ल्याएको दुई किलो अवैध सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रसुवाबाट काठमाण्डौ आउँदै गरेको गाडीमा सुन फेला परेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुङ्गाबाट सुन बरामद गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, त्यसै ठाउँका बिरु तामाङ र सुनिल भुजेल रहेका छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २०८० मंसिर २२ गते शुक्रबार