२०८२ मंसिर २६ , शुक्रबार 12, December 2025, Friday

प्रधानमन्त्रीले भेटे विपीनका आमाबुवा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर २२ गते शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपीन जोशीका आमाबुवासँग भेट गरेका छन् ।

उनले शुक्रबार धनगढी विमानस्थलमा भेट गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले जोशीको रिहाइका लागि सरकार सम्पूर्ण संयन्त्र प्रयोग गरी लागिरहेको बताएका छन् ।

प्रकाशित मिति : २०८० मंसिर २२ गते शुक्रबार