सूचनाको शक्ति - The Power Of Information

        

जुम्लाको तापक्रम माइनसमा

जुम्लाको न्यूनतम तापक्रम –२.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार बिहान पौने ९ बजे जुम्लामा सो न्यूनतम तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार काठमाडौंको हिजो बिहान पौने ९ बजेको न्यूनतम तापक्रम ९.७ डिग्री सेल्सियस थियो ।

गएको आइतबार (मंसिर १७) काठमाडौंको न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम ७.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सो दिन महाशाखाको वेबसाइटमा काठमाडौंको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस उल्लेख थियो ।

यद्यपि, महाशाखाका मौसमविद् सरोज पुडासैनीले सो दिन पनि काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस नै मापन गरिएको  बताएका थिए ।

महाशाखाका अनुसार आज डडेलधुराको न्यूनतम तापक्रम ५.२, ओखलढुंगाको ७.३, वीरेन्द्रनगरको ७.७, दिपायलको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ । शुक्रबार सार्वजनिक गरिएको १६ स्थानको न्यूनतम तापक्रमको विवरणमध्ये जुम्लाको सबैभन्दा कम हो ।

dafgmdg-1702010405.jpg

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार ११:००

लोकप्रिय