२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

गाजामा इजरायली मन्त्रीका छोरा मारिए

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर २२ गते शुक्रबार
Gal Meir Eisenkot, son of Israeli government minister Gadi Eisenkot, has been killed in northern Gaza, the Israel Defense Forces announced

इजरायली सरकारका मन्त्री गाडी आइसेनकोटका छोरा गल मेइर आइसेनकोट उत्तरी गाजामा मारिएका छन् । इजरायली रक्षा बलले बिहीबार सो घोषणा गरेको सीएनएनले जनाएको छ ।

गाजामा इजरायली सेनाको भूमिगत ‘अपरेसन’का क्रममा ‘रिजर्भ सैनिक गलको  मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

उनका बुवा सन् २०१५ फेब्रुअरीदेखि २०१९ जनवरीसम्म इजरायली रक्षा बल (आईडीएफ)को जनरल स्टाफ प्रमुख थिए । उनले चार दशकसम्म इजरायली सेनामा सेवा गरे ।

अक्टोबर ७ मा हमासले गरेको हमलापछि उनी युद्धकालको इजरायली मन्त्रिपरिषद्‌मा बिनाविभागीयमन्त्रीका रूपमा सामेल छन् ।

गाजामा अक्टोबर ७ देखि हालसम्म ८८ आईडीएफ सैनिक मारिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गल मेइरको मृत्युप्रति शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८० मंसिर २२ गते शुक्रबार