अर्को वर्ष आयोजना हुने कोपा अमेरिका २०२४ को ड्र सार्वजनिक भएको छ ।
दक्षिण अमेरिकी महादेशको प्रतियोगिता भएपनि उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरु समेत सहभागी हुने यस प्रतियोगिता अमेरिकामा आयोजना हुन लागेको हो ।
प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० र उत्तर र तथा मध्य अमेरिकी क्षेत्रबाट ६ गरी कूल १६ टोलीले सहभागिता जनाउनेछन् ।
उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग २०२३-२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधै छनोट भएका हुन् भने बाँकी दुई टिमको टुङ्गो प्लेअफबाट लाग्नेछ ।
शुक्रबार बिहान सार्वजनिक ड्र अनुसार साविक विजेता तथा विश्व विजेता अर्जेन्टिना समूह ‘ए’ मा छ । यस समूहमा पेरु र चिली पनि छन् । कोनकाकाफ क्षेत्रको एक टिम यो समूहमा पर्नेछन् ।
यस्तै समूह ‘बी’ मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका छन् । समूह ‘सी’ मा आयोजक अमेरिका सहित उरुग्वे, पानामा र बोलिभिया छन् । समूह ‘डी’ मा ब्राजिल, कोलम्बिया, पाराग्वे छन् । यस समूहमा पनि कोनकाकाफ क्षेत्रको एक टिम हुनेछ ।
२०२४ जुन २० देखि जुलाई १४ सम्म हुने कोपा अमेरिका अमेरिकाका विभिन्न १४ शहरमा सञ्चालन हुनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ