बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ ।
चौथो चरणको पेटको क्यान्सरबाट पीडित मेहमूदको ६७ वर्षको उमेरमा निधन भएको हो । महमूदका छोरा हसनेनले शुक्रबार बिहान २ बजे बुवाको निधन भएको बीबीसीसँगको कुराकानीमा पुष्टि गरेका छन् ।
अभिनेता महमूदले ,हाथी मेरे साथी’, ‘कारवां’, ‘मेरा नाम जोकर’, ‘हरे राम, हरे कृष्ण’, ‘नौनीहाल’ लगायतका चर्चित फिल्ममा अभिनय गरेका छन् । उनले थुप्रै चलचित्रमा बालअभिनेताको भूमिका निर्वाह पनि गरेका छन् । उनले देव आनन्द अभिनित ‘हरे राम, हरे कृष्ण’ मा समेत अभिनय गरेका छन् जुन नेपालमा समेत छायाकन भएको थियो ।
मुम्बईको परेलस्थित टाटा मेमोरियल अस्पतालमा उपचाररत महमूदलाई जीतेन्द्र, सचिन सचिन पिलगांवकर, जोनी लिभरलगायत कलाकारहरू भेट्न पुगेका थिए । जीतेन्द्र र महमूदले ‘कारवां’ र ‘सुहाग रात’ चलचित्रमा सँगै अभिनय गरेका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ