सूचनाको शक्ति - The Power Of Information

        

के तातो पानीले कोलेस्ट्रोल घटाउँछ ?

तातोपानीका कैयौं फाइदा छन्, जो रक्तनली सफा गर्ने सबैभन्दा सजिलो तरिका हो । आयुर्वेदका अनुसार मानिसको शरीर मुख्य रुपमा ५० देखि ७० प्रतिशत पानीबाट बनेको हुन्छ । जस्तो रगतमा ८३ प्रतिशत पानी हुन्छ ।

पातलो मांसपेशी ७५ प्रतिशत पानीले बनेको हुन्छ । हड्डीमा २२ प्रतिशत पानी हुन्छ । मस्तिष्कमा ७४ प्रतिशत पानी हुन्छ । यसका अलावा शरीरका लागि सजिलै सफा गर्ने तत्वको रुपमा पानीले काम गर्छ ।

यस्तोमा तातो पानी पिउँदा यसले यात्रा गर्ने अंगलाई डिटक्सीफाइड अर्थात् विषाक्तरहित पार्छ । कोलेस्ट्रोलको कुरा गर्दा लिपिड रक्तनलीहरुमा टाँस्सिन्छन् । जब बढी चिल्लो या अस्वस्थकर चिज खाइन्छ, त्यसबाट बनेका लिपिड रक्तनलीमा टाँस्सिने हुन्छन्, जसले प्रारम्भिक रुपमा रक्तसञ्चार हुने मार्गलाई साँघुरो बनाइदिन्छन् ।

यसले मुटुमा दबाब पर्छ र शरीरका अन्य अंगमा रगत आपूर्तिमा अवरोध हुन्छ । यस्तो अवस्थामा तातो पानीले चिल्लो र अस्वस्थकर खानाबाट बन्ने लिपिडलाई सफा गर्छ र कोलेस्ट्रोलको तह कम गर्न मद्दत पुग्छ ।

कोलेस्ट्रोलका लागि तातोपानीका फाइदा

उच्च कोलेस्ट्रोल भएका मानिसका लागि तातो पानीका कैयौं फाइदा छन् ।

  • तातो पानीले रक्तनलीमा टाँस्सिएका फ्याट मोलिक्युल्सलाई पगालेर हटाउन मद्दत गर्छ र रक्तनली सफा पार्छ ।
  • तातोपानीले रक्तनलीमा टाँस्सिएका लिपिड्सलाई सफा गरेर शरीरमा रक्त आपूर्ति सहज बनाउँछ ।
  • तातोपानीले ब्याड कोलेस्ट्रोलका लागि कारक मानिएको ट्राइग्लीसराइड्स कम गर्न मद्दत गर्छ ।
  • खाना खाएपछि तातोपानी पिउँदा शरीरमा कोलेस्ट्रोल जम्मा हुन दिँदैन ।
  • तातो पानीले धमनी र नसालाई शरीरमा पूर्ण रुपमा रगत फैलाउन मद्दत गर्छ, जसबाट शरीरका अंग स्वस्थ हुन्छन् ।

हाई कोलेस्ट्रोलमा तातो पानी पिउने सही तरिका

आयुर्वेदका अनुसार हाई कोलेस्ट्रोलमा तातो पानी पिउने सही तरिका हो बिहान खाली पेटमा पिउनु । पानी करिब १२० फरेनहाइट हुनुपर्छ । आवश्यकताअनुसार कागती, महजस्ता चिज मिसाउन सकिन्छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार ०६:५१

लोकप्रिय