सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

तराईमा बिहानैदेखि कुहिरो, कोशीका पहाडी भेगमा वर्षा

हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेको छ । आज बिहान कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशभरको तापक्रममा गिरावट आउन सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बिहानको समयमा देशको तराईका थोरै भू–भागहरूमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने विभागले जनाएको छ ।

हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह छ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार ०६:४२

लोकप्रिय