हामी जब आफू भन्दा ठूलो मान्छे भेट्छौँ तब दुई हात जोडेर हातलाई छातीको अघिल्तिर राखी आँखा बन्द गरिन्छ र शिर झुकाएर नमस्कार गरिन्छ । आफ्ना आफन्त गुरु अतिथिहरूलाई पहिला नमस्कार गरेर कुरा सुरु गरिन्छ यो हाम्रो परम्परागत प्रचलन नै हो । मन्दिरमा जाँदा पनि नमस्कार गर्ने गरिन्छ । नमस्कार नै अभिवादनको सर्वोत्तम प्रणाली हो ।
नमस्कार गर्नु हाम्रो संस्कार हो । यो संस्कारको विकास स्वास्थ्य र मनसँग जोडिएको छ । किनभने कसैप्रति हार्दिकतापूर्वक नमस्कार गर्दा हाम्रो स्वास्थ्यमा फाइदा पुग्छ । नमस्कार यस कारण मन र स्वास्थ्यसँग जोडिन्छ कि हात जोडेर मान्छे रिसाउन, कराउन सक्दैन । नमस्कार विनम्रताको प्रतीक पनि हो जुन नमस्कारको अर्थमै झल्केको छ । ‘म नमन गर्छु ।
म तपाईँको अगाडि सम्मानको साथ झुकिरहेको छु’ यस्तो अर्थ हो । नमस्कार गर्नुका वैज्ञानिक फाइदामा नमस्कार गर्नुलाई यौगिक क्रिया मानिन्छ । हात जोड्दा शरीरको रक्त सञ्चार प्रवाह हुन्छ । जसमा नमस्कार गर्दा हातका औँलाहरू आपसमा जोडिन्छन् । यसले हृदयचक्र र आज्ञाचक्र सक्रिय भई जागरण बढ्छ । जसका कारण मनमा शान्त र चित्तमा प्रसन्नता आउँछ ।
यसका अलावा हातको तन्तु मस्तिष्कको तन्तुसँग जोडिएको कारणले शारीरिक व्यायाम हुन्छ, जसले पाचन प्रक्रियामा सहजता ल्याउँछ । धार्मिक मान्यताअनुसार नमस्कार नम्रताको प्रतीक हो । नमस्कारले व्यक्ति–व्यक्तिबिचको सम्बन्ध सुमधुर बनाउनुको साथै राम्रो भावनाको विकास गर्दछ । मन्दिरमा गएर देवीदेवताको सामु नमस्कार गर्नाले व्यक्तिको कृतज्ञताको भावना विकास हुन्छ । जसले मन र मस्तिष्क शान्त बनाउन मद्दत गर्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं