सूचनाको शक्ति - The Power Of Information

        

आज सन्तोषी माता र वैभवलक्ष्मीको पूजा, यस्तो छ व्रत विधि

हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ । आज शुक्रबार । हिन्दू धर्मावलम्बीहरुले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजा आराधना गर्दछन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ ।

धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ । जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्याउँछ । यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ । व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ ।

साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ । यिनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।

शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ । रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ । शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ ।

शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ । यो दिनमा अमिलो खानु राम्रो मानिदैन । शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नुपर्छ ।

यस्तो छ व्रत विधि !

  • सूर्योदय हुनुअघि उठ्नुहोस् र घरको सफाइ पूर्ण गर्नुहोस् । नुहाइसकेपछि, घरको सुन्दर र पवित्र ठाउँमा माता सन्तोषीको मूर्ति वा तस्वीर स्थापना गर्नुहोस् ।
  • माता सन्तोषीको अगाडि पानीले भरिएको कलश राख्नुहोस् । कलशमा कचौरा भर्नुहोस् र सक्खर राख्नुहोस् ।
  • भगवान्को अगाडि घिउको बत्ती बल्नुहोस् । अक्षता, फूल, सुगन्धित गन्ध, नरिवल, रातो कपडा वा आमालाई चुनरी दिनुहोस् ।
  • सन्तोषी माता की जय भन्दै आमाको कथा सुरु गर्नुहोस् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार ०६:२७

लोकप्रिय