२०८२ चैत २८ , शनिबार 11, April 2026, Saturday

काठमाडौँमा प्लास्टिकको ‘क्रिसमस ट्री’ राखे जफत !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० मंसिर २१ गते बिहीबार

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका ‘क्रिसमस ट्री’ राख्न निषेध गरेको छ । प्लास्टिकका ‘क्रिसमस ट्री’ सजावट गरे वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरीले जनाएको छ ।

विभिन्न सपिङ मलले प्लास्टिकका क्रिसमस ट्री राखेर सजावट गर्न थालेपछि महानगरले यस्तो नियम ल्याएको हो । बिहीबार महानगर प्रहरीले भाटभटेनीमा सजावट गरिरहेको प्लास्टिकको क्रिसमस ट्री हटाएको छ । महानगरले प्लास्टिकका फूलमाला प्रयोगमा पनि रोक लगाइसकेको छ ।

प्रकाशित मिति : २०८० मंसिर २१ गते बिहीबार