अछाम र सुर्खेतको सिमानामा पर्ने जंगलघाटमा ठेक्का लगाइएको पुलको निर्माण कार्य अगाडि बढ्ने भएको छ । बुधबार अछाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह तथा अछाम र सुर्खेतका नागरिकबीच जंगलघाटमा भएको अन्तरक्रिया कार्यक्रममा शाहले अब तोकिएकै स्थानमा पुल बन्ने बताए ।
जंगलघाटमा ठेक्का लगाएको पुल निर्माण कार्य अगाडि बढाउन मन्त्रीस्तरिय निर्णय भएको जानकारी गराउँदै उनले अब तोकिएको स्थानमा नै पुल बन्ने कुरा सुनिश्चित भएको बताए । अछाम र सुर्खेतको सिमानामा बन्न लागेको बेतन कर्णाली हाइड्रोपावरले जंगलघाटमा बन्न लागेको पक्की पुल हाइड्रोपावरका कारणले डुबानमा पर्ने समस्या देखाउँदै पुलको उचाइ बढाउनुपर्ने वा पुल अन्यत्र निर्माण गर्नुपर्ने बताउँदै आएको थियो ।
लामो समयको अवरोधपछि पुल बन्ने प्रक्रियामा गएको छ । विसं २०७८ साउन ८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा लामा कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । कर्णाली–बाबियाचौर–जंगलगाट–तुर्माखाद कमलबजार–गैरिटाड सडक यो वर्ष देशभरमा नौ वटा रणनीति सडकमा छनोट भएको छ । त्यसमा उक्त सडक खण्डलाई करिडोरका रूपमा अगाडि बढाउन पाँच अर्ब १८ करोड रूपैयाँ बजेटको सुनिश्चितता भएको शाहले जानकारी दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । अछाम