२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

प्रकाश सपुतले माफी मागे

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० मंसिर २१ गते बिहीबार

इनारमाथि नाचेको भिडियोको विषयमा गायक प्रकाश सपुतले माफी मागेका छन् ।

सामाजिक सञ्जालमार्फत सपुतले आफू लज्जित भएको माफी मागेको बताएका हुन् ।

‘मेरो अज्ञानता प्रति लज्जित छु । विशेष गरेर यसलाई आफ्नो आस्था र विश्वास मान्दै आउनु भएको नेवा: समुदाय  प्रति क्षमा चाहन्छु। अन्जानबस यो दृश्यले संसारभरी रहनुभएका प्रिय शुभेच्छुकहरुलाई निरास बनाएकोमा म दुखी छु’, उनले लेखेका छन्।

भिडियोको सर्जक,  गायक,  निर्माता र निर्देशक अरू नै भएको आफू कलाकारको रुपमा त्यहाँ रहेको उनले बताएका छन्। आफूलाई त्यसरी ईनारमाथि चढ़न हुदैन्थ्यो भन्ने हेक्का त्यति खेर नभएको उनले स्पष्ट पारेका छन्।

उनको एक भिडियो क्लिपलाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरू भएको थियो। करिब चार महिना बजारमा आएको खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको गीत ‘कमाउने नी हो, रमाउने नी हो’ को भिडियो केही दिन अघि विवादमा आएको थियो।

प्रकाशित मिति : २०८० मंसिर २१ गते बिहीबार