कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी बाली संरक्षण अधिकृत मन्दिरा कटुवाललाई बर्खास्त गरिएको छ । लामो समयदेखि गैरहाजिर रहेका कारण उनलाई हटाइएको बताइएको छ । यसअघि पटक–पटक सम्पर्कमा आउन अनुरोध गरिएकोमा कुनै जानकारी नगराएको र सम्पर्क समेत गर्न नआएकाले मन्त्रालयले उनलाई सेवाबाट हटाउनु परेको जानकारी दिएको छ ।
निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम (३) प्रतिबन्धात्मक वाक्यांशबमोजिम मन्त्रालयको (सचिवस्तर) निर्णयानुसार उनलाई सेवाबाट हटाइएको हो । अध्ययन बिदा सकिएपछि पनि उनी बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा बिना जानकारी २०७५ फागुन १६ गतेबाट अनुपस्थित थिइन् ।
मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ४ बमोजिम सेवा अवधि पूरा नगरेबापत अध्ययन, तालिम वा अध्ययन भ्रमण अवधिभर पाएको तलबभत्ता, छात्रवृत्ति रकम तथा कबुलियत नाममा उल्लेख भएका अन्य रकमहरु समेत तोकिएको अवधिभित्र नबुझाएमा सरकारी बाँकी सरह असुल उपर गर्ने बताएको छ । कटुवालले त्यो सबै रकम बुझाउनुपर्ने जनाए पनि रकमबारे खुलाइएको छैन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं