पछिल्लो समय क्यासिनोमा छिर्न नेपालीले नक्कली भारतीय कार्डको प्रयोग गर्न थालेका छन् । नेपालीलाई क्यासिनो प्रवेश गर्न सजिला हुने भारतीय आधार कार्ड बनाइदिएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
काठमाडौंको बूढानीलकण्ठ बस्दै आएका दोलखाका ४७ वर्षीय गोविन्द खड्का, तारकेश्वरमा बस्ने रुपन्देहीका २५ वर्षीय विनोद न्यौपाने र ललितपुरको सातदोबाटो बस्ने ओखलढुंगाका ३९ वर्षीय नवीन राई समातिएका हुन् ।
प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उपत्यकाका क्यासिनोमा हुने गरेका क्रियाकलापमाथि निगरानी गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्रेपछि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं