पश्चिमी वायु र भारतको छत्तिसगढमाथिको आकाशमा रहेको न्युनचापीय क्षेत्रको आंशिक प्रभावले देशभर बादल लाग्दा आन्तरिक उडान प्रभावित भएको छ ।
काठमाडौं, पोखरा लगायत मुख्य शहर र देशका मध्य तथा पूर्वी प्रदेशको आकाशमा आज बादल लागेको छ । बादलसहित हुस्सु र कुहिरो लाग्दा आन्तरिकतर्फका कैयौं उडानहरु डिले भएका हुन् ।
पूर्वतर्फ भद्रपुर, विराटनगर, राजविराज जाने उडानहरु डिले भएका छन् भने पश्चिमतर्फ भरतपुर, पोखरा, भैरहवाका उडानहरु पछि सारिएका छन् ।
अन्तर्राष्ट्रियतर्फका उडानहरु भने नियमित भइरहेका छन् । मौसम पूर्वानुमान विभागले बदली रहेपनी वर्षाको भने खासै सम्भावना नरहेको जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ