२०८३ भदौ २० , शनिबार 5, September 2026, Saturday

संसद सचिवालयका उपसचिवले अधिकृतलाई थप्पड लगाए

संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले अधिकृत सिर्जना तण्डुकारलाई थप्पड हानेका छन् ।

मङ्गलबार बिहान भएको घटना अनुसार गैरेले सम्पूर्ण विवरण शाखामा प्रवेश गरि “काम बिगार्ने तैँ होइनस्” भन्दै एक थप्पड हानेर बाहिरिएका थिए । घटनाबारे उपसभामुख इन्दिरा रानालाई जानकारी गराइसकिएको छ ।

घटनापछि पीडितको स्वास्थ्य परीक्षण गर्दा पनि हातपात भएको मेडिकल रिपोर्टमा देखिएको जनाइएको छ ।

प्रकाशित मिति : २०८० मंसिर २१ गते बिहीबार