बाँकेको एक सरकारी विद्यालयका विद्यार्थीलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले पढाउनुभएको छ । उहाँहरूले विद्यार्थीलाई पुस्तकको पाठ्यक्रमको पाठ नपढाएर लागूऔषध दुर्व्यवहार विरुद्धको सचेतनाको पाठ पढाउनुभएको हो।
बुधबार नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीस्थित धम्बोझी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले लागूऔषध दुर्व्यसन विरुद्धको चेतनामूलक प्रशिक्षण दिनुभएको विद्यालयका प्रधानाध्यापक वामदेव सुवेदीले जानकारी दिनुभयो ।
प्रधानाध्यापक सुवेदीका अनुसार कक्षा ९ र १० का करिब एक सय विद्यार्थीलाई प्रजिअ पोखरेल र प्रहरी उपरीक्षक बोहराले लागूऔषध उत्पादन, ओसारपसार, बिक्रीवितरण तथा सेवनविरुद्धको सचेतना प्रशिक्षण दिनुभएको हो । साथै लागूऔषध दुर्व्यसनले व्यक्ति र समाजमा पार्ने नकारात्मक असर तथा कानुनका बारेमा पनि सचेतना प्रशिक्षण दिनुभएको सुवेदीले जानकारी दिनुभयो ।
विद्यार्थीलाई दिइएको सचेतनाको प्रशिक्षणबाट सिकेको पाठ आफूले पनि लागू गर्ने र घर तथा समाजमा पनि यस विषयमा जानकारी गराई समाजलाई समेत सचेतना फैलाउनका लागि उहाँहरूले विद्यार्थीहरूलाई आग्रह गर्नुभएको पनि प्रधानाध्यापक सुवेदीले बताउनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके