अमेरिकाको लसभेगासस्थित नेभाडा विश्वविद्यालय परिसरमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
प्रहरी कारबाहीमा संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । मृतक र घाइतेको परिचय खुलेको छैन ।
लसभेगास शहरको प्रहरीले बुधबार बिहान भएको यो घटनाबारे सामाजिक सन्जाल एक्समार्फत् जानकारी दिएको हो । गोली चल्नुको कारण खुलेको छैन ।
प्रहरीका अनुसार यो घटना विश्वविद्यालयको बीम हल नजिक भएको हो, जहाँ बिजनेस स्कुल र अन्य सुविधाहरु छन् । प्रहरीले अहिले स्थिति नियन्त्रणमा रहेको र कुनै खतरा नरहेको जनाएको छ ।
ह्वाइट हाउसले पनि लसभेगासको स्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ ।
सन् २०१७ मा पनि अमेरिकाको लसभेगासमा एक बन्दुकधारीले गोली चलाउँदा आठ जनाको मृत्यु भएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ