बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखाका बिरामीहरुका लागि निःशुल्क मोतिबिन्दु छनाेट तथा आँखा शिविर सञ्चालन हुने भएको छ ।
राप्तीसोनारी गाउँपालिकाको आयोजना र तिलगङ्गा शल्यक्रिया आँखा केन्द्र सिसहनिया दाङको प्राविधिक सहयोगमा आज बुधबार र बिहीबार दुई दिन पालिकाका विभिन्न स्थानमा निःशुल्क मोतिबिन्दु छनाेट तथा आँखा शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो ।
स्वास्थ्य शाखा प्रमुख केसीका अनुसार आज वडा नं. ८ को पेरानी आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा वडा नं. ९ को महादेवपुरी स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ ।
त्यसैगरी, बिहिबार वडा नं. २ को कचनापुर स्वास्थ्य चौकी र वडा नं. ५ को बिनौना स्वास्थ्य चौकीमा निःशुल्क मोतिबिन्दु छनाेट तथा आँखा शिविर सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो।
शिविरमा भेटिएका मोतिबिन्दुका विरामीहरुलाई तिलगङ्गा शल्यक्रिया आँखा केन्द्र सिसहनिया दाङ लगेर निःशुल्क रुपमै त्यसता बिरामीहरुको शल्यक्रिया गरी उपचार गरिने केसीले बताउनुभयो ।
विशेषज्ञ चिकित्सकसहितका यस्ता शिविरले स्वास्थ्य सेवासँगको जनताको पहुँच स्थापित हुने गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो । उहाँले गाउँपालिकाले स्वास्थ्य सेवालाई सबैको पहुँचमा ल्याउन प्रभावकारी ढङ्गबाट काम गरिरहेको पनि बताउनुभयो ।
आफ्नै टोल तथा छरछिमेकमा हुने यस्ता शिविरले विशेषज्ञ सेवा लिन बजार धाउनुपर्ने अवस्थाको अन्त्य गरेको बताउँदै अध्यक्ष पौडेलले गाउँपालिकाले विभिन्न निकायसँगको सहकार्यमा विभिन्न रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके