सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

बाँकेको कोहलपुरमा गएराती मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री वृद्धको मृत्यु भएको छ ।

नेपालगन्ज–कोहलपुर सडकखण्ड अन्तर्गत कोहलपुर नगरपालिका १४ पार्वतीपुर मन्दिर नजिकै मोटरसाइकलको ठक्करबाट बाटोमा हिँड्दै गरेका एक ७० वर्षीय वृद्धको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

प्रनाउ तिवारीका अनुसार मङ्गलबार राति करिब ७ बजेको समयमा नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे ८ प २८३६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा कोहलपुर १४ का ७० वर्षीय प्रमोद पौडेल घाइते भएका थिए ।

मोटरसाइकलको ठक्करबाट टाउको र ढाडमा गम्भीर चोट लागेको उनलाई उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍य ाइएको र उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रनाउ तिवारीले जानकारी दिनुभयो ।

पैदलयात्रु पौडेललाई ठक्कर दिने मोटरसाइकल चालक कोहलपुर नगरपालिका १५ का ३८ वर्षीय नेत्रलाल यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको तिवारीले बताउनुभयो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार १५:१८