सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीका चार जिल्लामा ‘एकीकृत पोषण कार्यक्रम

लुम्बिनी प्रदेशका चार जिल्लामा पोषण सुधार कार्यक्रम सञ्चालनमा आएको छ । हेलेन केयर इन्टरनेशनलको सहयोगमा एकीकृत पोषण कार्यक्रम सुरु भएको हो ।

पहिलो चरणमा प्रदेशका चार जिल्ला दाङ, रुपन्देही, कपिलवस्तु र नवलपरासी एकीकृत पोषण कार्यक्रम सञ्चालन हुन लागेको हो । यो विषयमा बुधबार भालुवाङमा सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल गरिएको छ ।

कुपोषणको हिसाबले लुम्बिनी प्रदेश अत्यधिक कुपोषण हुने प्रदेशमा रहेको छ । राष्ट्रिय तथ्यांकमा कुपोषित बालबालिका ८ प्रतिशत रहेको भए पनि लुम्बिनीमा १६ दशमलन २ प्रतिशत कुपोषित भएको  तथ्याङक छ ।

यसलाई आधार बनाएर कुपोषण न्यूनीकरण गर्न र प्रदेशमा कुपोषणको सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत अमर बहादुर वलीले बताए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार १५:१४

लोकप्रिय