धारिलो हतियार प्रयोग गरी सल्यानमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको सिद्धकुमाख गाउँपालिका–३, उचाल्नेका ४५ वर्षीय डम्मर सार्कीले गए राति ४० वर्षीया श्रीमती सितली सार्कीको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
धारिलो हतियार प्रहारबाट सितली सार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।
श्रीमतीको हत्या गर्ने वर्ष ४० का डम्मर सार्की हत्या पछि प्रहरी चौकी ढोडचौर आउँदै गर्दा प्रहरीले पक्राउ गरेको र उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखिएको जानकारी दिए ।
घटनास्थलबाट प्रहरीले रगत लागेको बन्चरो र दाउरा बरामद गरेको पनि उनले बताए । उनका अनुसार हत्याराका नाबालक छोराहरुसँग कुरा बुझ्दा बाबुले मदिरा सेवन गर्ने र आमासँग बेलाबेला झगडा भइरहने गरेको खुल्न आएपनि हत्याको मुख्य कारण भने खुल्न सकेको छैन ।
मृत सितली सार्कीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रनि धमलाले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सल्यान