हालै टिकटकले आफैं पनि पीडित रहेको बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दबाबपछि टिकटक खुलाउन लचिलो भएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार सम्पादकहरूसँग छलफलका क्रममा टिकटकमाथि लगाइएको प्रतिबन्धबारे पुनर्विचार गर्न सकिने बताएका थिए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ आफैं पनि टिकटक प्रतिबन्ध उचित भएको र यसबाट आफू पनि पीडित रहेको बताउँदै आएका थिए । यहाँसम्म कि सबै दलहरूको सहमतिमा टिकटकमाथि प्रतिबन्ध लगाइएको भन्नसम्म उनी पछि परेनन् । उनकै अध्यक्षताको मन्त्रिपरिषदले नियमन गर्नै नसकिने निष्कर्षसहित यसमाथि प्रतिबन्ध लगाएको थियो ।
तर, अहिले नियमन भन्दै उनी प्रतिबन्ध खुलाउनेतर्फ लचिलो भएको जस्तो अभव्यक्ति दिइरहेका छन् । प्रधानमन्त्री प्रचण्डको यस्तो अभिव्यक्ति त्यति बेला आएको हो जति बेला टिकटकका एक उच्च अधिकारी काठमाडौं आएका छन् । यसको अन्तर्य टिकटकका अधिकारीको नेपाल आगमनले उनी दबाबमा परेको जस्तो देखिन्छ ।
प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा दायर एक दर्जनभन्दा बढी रिट निवेदनलाई एकसाथ राखी मंगलबारबाट सुनुवाइ गर्ने भनिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा प¥यो । ती सबै रिट निवेदनको सुनुवाइका लागि न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलास तोकिएको थियो ।
यसअघि सर्वोच्च अदालतको एकल इजलासले सरकारी निर्णयविरूद्ध कारण देखाऊ आदेश जारी गर्दै उक्त मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइ गर्ने निर्णय गरेको थियो । ‘सामाजिक सद्भाव र वातावरणमा खलल पु¥याउन भूमिका खेलेको’ भन्दै सरकारले गत महिना टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र प्रधानमन्त्रीका एक विज्ञले टिकटकका उच्च अधिकारी नेपाल आएका पुष्टि गरेका छन् । हाल काठमाडौंमा रहेका दक्षिण एशियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध मामिला प्रमुख फिरदौस मोत्तकिनले आफूलाई पनि भेट्न खोजिरहेको प्रधानमन्त्री प्रचण्डका सूचना तथा प्रविधिविज्ञ प्रकाश रायमाझीले बताए ।
पेसाले सूचना प्रविधि इन्जिनियर तथा सार्वजनिक नीतिविज्ञ रहेका बंगलादेशका मोत्तकिन सन् २०२२ को नोभेम्बरमा टिकटकका लागि सो पदमा नियुक्त भएका थिए । सञ्चार मन्त्रालयका प्रवक्ताले पनि मोत्तकिनको टोलीबाट आफूहरूलाई इमेल प्राप्त भएको पुष्टि गरे । प्रधानमन्त्रीका सूचना तथा प्रविधिविज्ञले छलफल गर्ने हिसाबले नै मोत्तकिन नेपाल आएको हुन सक्ने बताए ।
मोत्तकिन मात्रै काठमाडौं आएका हुन् अथवा उनीसँग टिकटकका अरू पदाधिकारी पनि छन् भन्नेबारे सरकारी अधिकारीले केही खुलाएका छैनन् । त्यसैगरी टिकटकका उच्च अधिकारीले काठमाडौंमा कसकसलाई भेट्ने हुन् भन्नेबारे पनि केही स्पष्ट पारिएको छैन । नेपालमा टिकटक प्रतिबन्धविरूद्ध मत विभाजित भए पनि अधिकांशले यसलाई प्रतिबन्ध गर्नु उचित भएको प्रतिक्रया दिएका थिए र दिइरहेका छन् ।
वास्तवमै सामाजिक सद्भाव बिथोल्नेसँगै टिकटक नेपालमा विकृति फैलाउने माध्यमजस्तो बनेको थियो । अर्को यथार्थ के पनि हो भने चिनियाँ सामाजिक सञ्जाल टिकटक जोखिमपूर्ण रहेको युरोपेली संघ (ईयू) सहित विकसित राष्ट्रहरू खुट्याएर नै प्रतिबन्ध लगाएका छन् । सुरक्षामा खतरा, गोप्य डाटा चोरीलगायत कारण टिकटकमाथि विकसित राष्टहरू नै प्रतिबन्ध लगाउन बाध्य बनेका हुन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं