सूचनाको शक्ति - The Power Of Information

        

राशिअनुसार को हुन् तपाईंका इष्ट देवता ?

सबै देवी–देवताको पूजा गरेपछि पनि मानिसको मन अक्सर भड्किन्छ । ज्योतिषीहरूका अनुसार हरेक मानिसको मन कुनै एक देवी वा देवतातर्फ बढी आकर्षित हुन्छ र तिनै देवी वा देवता तपाईंका इष्ट देवता हुन सक्छन् ।

यदि तपाईंको कुनै कुल देवी वा देवता छन् भने ती पनि तपाईंका इष्ट हुन सक्छन् । आउनुहोस् जानौं, राशिअनुसार तपाइंको इष्ट देवी–देवता को हुन् जसको पूजाले तपाईंको कल्याण हुन सक्छ :

मेष

देव ग्रह – मंगल
मुख्य देवता – राम र हनुमान
मुख्य देवी – भगवती तारा, सरस्वती र शैलपुत्री

वृष

देव ग्रह – शुक्र
मुख्य देवता – विष्णु
मुख्य देवी – लक्ष्मी र त्रिपुरा सुन्दरी

मिथुन

देव ग्रह – बुध
मुख्य देवता – गणेश
मुख्य देवी – दुर्गा, भुवेश्वरी र चन्द्रघण्टा

कर्कट

देव ग्रह – चन्द्रमा
मुख्य देवता – शिव र विष्णु
मुख्य देवी – कमला र सिद्धिदात्री

सिंह

देव ग्रह – सूर्य
मुख्य देवता – विष्णु र हनुमान
मुख्य देवी – गायत्री, पीताम्बरा र कालरात्रि

कन्या

देव ग्रह – बुध
मुख्य देवता – गणेश
मुख्य देवी – दुर्गा, भुवेश्वरी र चन्द्रघण्टा

तुला

देव ग्रह – शुक्र
मुख्य देवता – विष्णु
मुख्य देवी – लक्ष्मी, ब्रह्मचारिणी र त्रिपुरासुन्दरी

वृश्चिक

देव ग्रह – मंगल
मुख्य देवता – राम र हनुमान
मुख्य देवी – भगवती तारा र शैलपुत्री

धनु

देव ग्रह – बृहस्पति
मुख्य देवता – विष्णु
मुख्य देवी – लक्ष्मी, कमला र सिद्धिदात्री

मकर

देव ग्रह – शनि
मुख्य देवता – हुनमान र शिव
मुख्य देवी – काली र सिद्धिदात्री

कुम्भ

देव ग्रह – शनि
मुख्य देवता – हनुमान र शिव
मुख्य देवी – काली र सिद्धिदात्री

मीन

देव ग्रह – बृहस्पति
मुख्य देवता – विष्णु
मुख्य देवी – लक्ष्मी, कमला र सिद्धिदात्री

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार ०८:२७

लोकप्रिय