सूचनाको शक्ति - The Power Of Information

        

हमासले आक्रमणका क्रममा महिलालाई बलात्कार गरेको खुलासा

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्ने क्रममा माहिलालाई बलात्कार तथा यौन हिंसा गरेको खुलासा भएको छ ।

बीबीसीका अनुसार आक्रमणमा मारिएका व्यक्तिहरुको शव संकलनका काममा संलग्न व्यक्तिहरुको बयानका आधारमा हमासको यो कर्तुत उजागर भएको हो ।

सोही दिन इजरायलको नोभा संगीत समारोहमा उपस्थित महिलालाई हमासका लडाकुहरुले सामुहिक बलात्कार गर्नुका साथै केहीलाई अंगभंग र यौन हिंसा गरेको खुलासा भएको हो ।

आक्रमणका दिन खिचिएको दृश्यमा रगतले लतपतिएका महिलाका नांगो शरीर र अंगभंग गरिएको देखिएको छ । प्रहरीले इजरायलका सञ्चारकर्मीहरुलाई एक इजरायली महिलाको भिडियो सार्वजनिक समेत गरेको छ । जसमा एक महिलालाई सामुहिक बलात्कार गरी अंगभंग गरेपछि गोली प्रहार गरेको देखाइएको छ ।

हमासले आक्रमणका क्रममा संगीत समारोहमा सहभागीहरुमध्ये एक सयभन्दा बढीको हत्या गरेको थियो भने केहीलाई बन्धक बनाइ लगेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार ०७:५८

लोकप्रिय