जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुका साथै बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र र आन्ध्र प्रदेश आसपास रहेको ‘मिचुङ’ नामक शक्तिशाली आँधीको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।
अहिले कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।
आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तै, राति कोशी, मधेश, बागमती र गण्डकी आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सफा रहने छ ।
विभागले देशभरको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न सबैमा आग्रह गरेको छ ।
आज सूर्योदय बिहान ६ बजेर ४० मिनेट र सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ