सूचनाको शक्ति - The Power Of Information

        

खजुरामा १० जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

बाँकेकाे खजुरामा मङ्गलबार एक कार्यक्रमका बीच २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ ।

खजुरा गाउँपालिका  स्वास्थ्य शाखा खजुराको आयोजनामा २० औं राष्ट्रिय  महिला समुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो ।

उक्त कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका उपमेयर मन्जु मल्लले  नेपालमा बाल मृत्युदर र मातृ मृत्युदर घटाउन ल्याउन स्वयंसेविकाहरुले अहम भुमिका निर्वाह गरेको बताउनुभयो ।

उपमेयर मल्लले  स्वयंसेविकाहरुलाई आफ्ना समस्याहरुको सम्पूर्ण स्वयंसेविकाहरु बसेर आफुलाई जानकारी गराउन अनुरोध गर्नुभएको थियो । उहाँले उक्त समस्याहरुको समाधान गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान ) ले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका अपरिहार्य रहेको भन्दै प्रशंसा ब्यक्त गर्नुभएको थियो ।

प्रभावकारी स्वास्थ्य सेवाले मानव जीवन गुणस्तरीय बनाउन्छ त्यसले आर्थिक र सामाजिक विकासलाई टेवा पुऱ्याइ देशलाई समृद्धि तर्फ लैजान्छ भन्दै स्थानीय सरकारले पनि महिला स्वास्थ स्वयंसेबिकाको प्रोत्साहनका लागि कार्यक्रम केन्द्रित गरेको अध्यक्ष विकले बताउनुभयो ।

उक्त कार्यक्रममा १० जना स्वास्थ्य स्वयंसेविकालाई जनही १० हजार रुपैया सहित सम्मान गरिएकाे र ३ जना स्वास्थ्य स्वयंसेविकालाई बिदाई गरिएकाे खजुरा गाउँपालिका  स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार १६:२०

लोकप्रिय