नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणमा आज ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । आजको खेलमा ललितपुर जित निकाल्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा रहँदा वीरगञ्ज पहिलो जितको खोजीमा हुनेछ ।
आज ललितपुरले चौथो खेल खेल्दैछ भने वीरगञ्जले तेस्रो खेल खेल्नेछ । यसअघिका तीन खेलमा ललितपुरले धनगढी र पोखरासँग बराबरी खेलेको थियो भने बुटवललाई पराजित गरेको थियो । योसँगै ललितपुर ५ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ ।
यस्तै धनगढी र चितवनसँग पराजित भएको वीरगञ्ज आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । वीरगञ्ज अंकविहीन रहँदै तालिकाको पुछारमा छ । शीर्षस्थानमा रहेको धनगढीको ७ अंक छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ