नेपाली समाजमा हत्केला चिलाउँदा पैसा आउँछ भन्ने परम्परागत भनाइ छ । विशेषगरी दाहिने हात चिलाउँदा पैसा जाने र देब्रे हात चिलाउँदा पैसा आउने धारणा छ । तर चिकित्सकहरू भने बारबार हत्केला चिलाउनु छाला लगायतको स्वास्थ्य समस्या हुन सक्ने बताउँछन् ।
हत्केला शरीरको संवेदनशील अङ्गमध्ये एक हो । त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्ने चिकित्सकहरू बताउँछन् । हत्केला चिलाउनु पैसा आउने र जाने नभइ छालाका कोषहरूको तीव्र वृद्धि भई छालाको सतहमा जम्मा हुँदा हत्केला चिलाउने चिकित्सकहरू बताउँछन् ।
अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि सङ्केत हुन सक्ने चिकित्सक बताउँछन् । मधुमेह र छालाको समस्या एक अर्कामा सम्बन्धित रहन्छ । यस्तै कलेजोमा गम्भीर समस्या आउँदा पति छालाको कोषहरू तीव्र वृद्धि भएमा हत्केला चिलाउन सक्छ । हत्केला चिलाउँदा हत्केला सफा र सुख्खा राख्ने, धुँदा पनि हत्केला बेस्सरी मिचेर वा रगडेर नधुने, लोसनहरू लगाइ राख्ने गर्नुपर्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं